Tuesday, December 30, 2008

हिटलर र यहुदी पढेपछिको मेरो अनूभव

अस्तित्ववादी उपन्यासकार विश्वेशवरप्रसाद कोइरालाद्वारा लिखित हिटलर र यहुदीले मेरो मन छोएको छ । यसमा हिटलरले यहुदीहरुसँग गरेका दुरव्यवहारलाई निकै मार्मिक ढङ्गले प्रस्तुत गरिएका छन् । ुमु पात्र लक्ष्मी नारायणन रेवा डेवीड थियोडोरा जस्ता पात्रहरुले आआफ्ना किसिमले आफ्नो विचार प्रस्फुटन गरेका छन् र सबैको प्रस्तुती उत्कृष्ट बनेका छन् । यो उपन्यास पढेपछि ममा हिटलरप्रति अझ घृणा जागृत भयो । एउटा मानिसले अर्को मानिसलाई जिउँदो जलाउँदा उसको मनमा पिडा भएन यु¢बाट साठीलाख यहुदीहरुको निर्ममतापूर्वक हत्या गरेर सिवाय तिरस्कार र निन्दाबाहेक के पायो उसले मानवसंहार गरेर के पायो उसले यस्तै किसिमका अनेक प्रश्नहरुको हुरी चलेको छ मेरो मनमा ।

प्रस्तुत उपन्यासमा ुमु पात्र स्वयं लेखक नै हन् । विश्वेशवरप्रसाद कोइराला वास्तविक जीवनमा जेल परेको कुरा त सबैलाई थाहै छ । जेलमा नै उहुलाई क्यान्सर जस्ता भयानक रोगले छोएको थियो र यसैको उपचारका लागि उनी यूरोप तथा अमेरिकासम्म पुगेका थिए । कोइराला आफ्नो जीवनकालमा इजरायल पनि पुगेका थिए भन्ने यिनको जीवन अध्ययन गर्दा थाहा हुन्छ । यी सबै कुराले ुमु पात्र स्वयं लेखक विश्वेशवरप्रसाद कोइराला नै हॊ र प्रस्तुत उपन्यास उनको आफ्नौ यात्रावृत्तान्त हॊ भन्न सकिन्छ ।

आत्मपरक शैलीमा लेखिएका यस उपन्यासमा लेखकले जीवनलाई अस्तित्ववादी दृष्टीले नियालेका छन् । जीवन एकदम जटिल छ । मानिसले बाँच्न ठूलो सङ्घर्ष गरिरहेको हन्छ । जस्तो सुकै कठिनाई भएपनि उसले आफ्नो जीवन एक्लै बिताउनु पर्ने हुन्छ । मान्छेहरु बाँच्न विवश छन् । जतिसुकै समस्याहरु भएपनि मान्छेहरु आफ्ना पिडालाई एक्लाएक्लै भोगेर बाँच्न बाध्य हुनाले कसैको जीव्ान पनि दुःख्ारहित छैन । त्यसैले कोही मानिस पनि एक्लो छैन ।

जीवन एउटा यात्रा हो । यसमा धेरै उकालो तथा ओरालोहरु आउँछन् । त्यसैले जीवन बाँच्नु भनेको पनि एउटा कला हो । जीवनमा आउने समस्याहरु सहन अथवा झेल्नका लागि बुि¢ लगाउन जान्नुपर्छ र कुनैपनि क्षणमा आउने सुखलाई केही नसोची भोग गरिहाल्नुपर्छ । हरेक मानिसको जीवनमा मृत्यु निश्चय छ तर त्यो कुन बेला आँउछ कसैलाई थाहा छ । बाँच्दाबाँच्दै एउटा क्षणमा अचानक मृत्यु हुन सक्छ । प्रत्येकको जीवनले यस्तो भयानक सत्य बोकिरहेको हुन्छ तरपनि मर्नुअगाडिको क्ष्।ण सामान्य नै लाग्छ । यी सत्यका कराहरु हामीले अनुभवबाट सिकेका हौं ।

प्रस्तुत उपन्यासमा हिटलरले यहुदीहरुसँग गरेका दुव्र्यवहार हामीले पढेर महसुस गर्न खोज्यौं तर जसले यी सत्य भोगेका र देखेका छन् तिनीहरुको भाव र पीडा त व्यक्त पनि गर्न सकिदैन । हामीलाई सुन्दा नै जीउ शिरिङ्ग हुन्छ भने भोग गरेकालाई कस्तो सास्ती भयो होला हिटलरले यस्तो कुकर्म गर्दा उसको हृदयमा अलिकति पनि छिया परेन होला

यु¢बाट कसैलाई पनि खुशी प्राप्त हंुदैन । यसले प्रलय बाहेक केही ल्याउदैन । यु¢ले मलाई हाम्रो आफ्नौ देशको सम्झना गराउँछ । हाम्रो देशमा पनि बिगत दश वषेँ यु¢बाट धेरै सहिद भए घरविहिन भए टुहुरो भए । यसले कसैको पनि हीत गरेन । यसले केवल गरिबी र अश्ाान्तिमात्र बढाँउछ । लडाइ समस्याको समाधान होइन भन्ने कुरालाई पनि यस उपन्यासमा दर्शाएको छ ।

No comments: